दफा १७
लगानीकर्ता संरक्षण कोषको व्यवस्था गर्नु पर्ने
(१) वस्तु विनिमय बजारले लगानीकर्तालाई हुन सक्ने सम्भावित प्रणालीगत जोखिम (सिस्टमिक रिस्क) बाट सुरक्षित गर्न लगानीकर्ता संरक्षण कोषको स्थापना गर्नु पर्नेछ ।
(२) लगानीकर्ता संरक्षण कोषको स्थापना तथा सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।